आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका एक दर्जन हाराहारीका प्रभावशाली नेताहरुबीच आइतबार राति छलफल भएको छ ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीको निवास इटालीटारमा नेताहरुबीच डिनरसहितको छलफल भएको हो । सो क्रममा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीका साथै  पार्टी रुपान्तरण  तथा वैचारिक पुनर्जागरणका विषयमा छलफल भएको नेता केसीले जानकारी दिए । छलफलमा निकट भविष्यमा एकजुट भएर अगाडि बढ्ने बारेमा समेत छलफल भएको बताइएको छ ।

केसी निवासमै रहेका नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाका अनुसार गगन विश्वप्रकाशसहित सहमाहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु बलबहादुर केसी, दिलेन्द्व बढु, प्रदिप पौडेललगायतका नेताहरु सहभागी थिए । करिब दुई घण्टा भन्दा बढी समय नेताहरुबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP