मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्साबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले संवादबाटै समस्या समाधान हुने बताए ।

‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुसँग भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’

उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए। तर ०७५ सालमा संसदबाट पारित भएको नक्सा अन्तर्राष्टिय समूदायसमक्ष जानकारी गराएको आफूले नपाएको उनले बताए ।

‘२०७५ सालमा संसद्‍बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको  बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’यसो  भनेर उनले ओलीको सरकारमाथि प्रश्न उठाएका छन् ।
चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए। उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP