
गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको छ ।