बुधबार , भाद्र १७, २०८३

काठमाडौँ । नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै  मसाल जुलुस निकालेको छ । शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो ।

स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP