शनिबार , बैसाख २७, २०८२

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ।

पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई  कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो। कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी  हिरासतमा छन्।

कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदालतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नताले देखिएको थियो।

कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ। कुटपिटबाट गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP