आइतबार , भाद्र १४, २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए ।

भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए । उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए ।

उनले भने – ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ ।’

उनले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आफूले सबभन्दा पहिले आफूले मन्त्री पद त्याग गर्न आसय ब्यक्त गरे । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरी थुप्रै राजनीतिक पार्टीहरुले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयोभने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ । सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु ।’

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानूनहरु निर्माण गर्दै गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP