मंगलबार , भाद्र १६, २०८३

सुनसरी / सामाजिक सञ्जाल प्रयाेग गरेर सदाबहार आफू र सहरलाई पनि विवादमा पारिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई पछिल्लो समय चारैतिरबाट एक्लिँदै गएका छन् । उनी आफैले बनाएको योजना अहिले घाडाे बनेको छ ।

२ दिन अगाडी भदौ १५ गते भ्रष्ट्राचार विरुद्धको र्‍याली निकाल्ने समस्त अभियान्ताहरूलाई धरानमा भेला हुन आग्रह गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । धरानवासीले त्यो र्‍याली भन्दा पनि आफ्नो अहङ्कार र शक्ति, दम्भ देखाउने प्रयास बुझेपछि आयोजना हुन लागेकाे र्‍याली पनि रद्द हुन पुगेको छ । सुरक्षा निकायहरूको गम्भीर चासो र प्रश्नहरूको घेराबन्दीमा परेपछि आफै बाध्य भएर मेयर साम्पाङले आगामी भदौ १५ गते गर्ने भनिएको भ्रष्ट्राचार विरुद्धको र्‍याली रद्द गरेका हुन ।

गत भदौ ९ गते धरानमा गौ हत्या गरी सामूहिक भोज गरेको बिरूद्ध हिन्दुवादहरूले सद्भाव र्‍याली निकालेका थिए । तर बिचैमा प्रशासन बाधक बनेपछि र्‍याली धरान सम्म पुग्न पाएको थिएन । साम्पाङले आयोजना गर्ने भनिएको भ्रष्ट्राचार विरुद्धको र्‍याली भनिए पनि तिनै हिन्दुवादीहरूलाई चिढ्याउन, शक्ती प्रर्दशन गर्न र्‍याली निकाल्न खोजेकाे स्थानियहरू बताउँछन्।

तर प्रहरी प्रशासन लगायत सबै सुरक्षा निकायहरूले र्यालीलाइ लिएर सामाजिक सद्भाव बिथोलिने ठहर गर्दै गम्भीर आपत्ति प्रकट गरेका थिए ।कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बल बराह बाहिनी पलकीका प्रहरी महानिरीक्षक डिआइजी अन्जनी कुमार पोखरेल, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रभु प्रसाद ढकालले संयुक्त रूपमा भेटेर धरानका नगरप्रमुख साम्पाङ लाई र्‍याली गर्दा निम्तिने सङ्कट र बिथोलिने सामाजिक सद्भाव बारे बुझाएपछि साम्पाङ आफ्नै योजनाबाट पछि हटेका हुन ।

साम्पाङलाई सुरक्षा निकायका प्रमुखहरूले सामाजिक सञ्जाल अलिक कम चलाउन सुझाव पनि दिएका छन् । सामाजिक सद्भाव भड्किने खालका उच्छृङ्खल प्रतिक्रिया तथा भनाइहरू सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका थिए । सुझाव पाइसकेपछि मेयर साम्पाङले सद्भाव र सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP