शनिबार , बैसाख २७, २०८२

काठमाडौं । वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नामक अर्न्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ । तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ । भूउपग्रह (सेटेलाइट) मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको देखाएको छ ।

वायु प्रदूषण मापन प्रतिघनमिटरमा २.५ माइक्रोमिटर तथा त्योभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा गरिन्छ । हरेक वर्ष अद्यावधिक गरिने यो अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको पिएम २.५ मापदण्डका आधारमा नेपालीको सरदर आयु ९लाइफ एक्सपेक्टेन्सी० घटाउने घातक प्रभावका हिसाबले सवैभन्दा ठूलो कारक वायु प्रदूषण बनेको छ ।

वायु प्रदूषणले सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा धूमपानले २.८ वर्ष र उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP