शनिबार , बैसाख २७, २०८२

नेकपा (एमाले) का नेताहरू चीन भ्रमणमा जाने भएका छन्।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आगामी शनिबार (भदौ १६ गते) चीन भ्रमणमा जान लागेका हुन्।

‘महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा जान लाग्नु भएको हो। यसअघि बसेको २४ औं सचिवालय बैठकले नै भ्रमणको स्वीकृति गरिसकेको छ,’ पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने।

भ्रमण टोलीमा को–को जाने भनेर टुंगो लाग्न बाँकी रहेको उनले बताए।

एमाले नेताहरू चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीन जान लागेका हुन्। एमाले नेताहरू ग्वान्जाओ हुँदै बेइजिङ पुग्ने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि असोजको पहिलो हप्ता चीन जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त  राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने र उतैबाट बेइजिङ पुग्ने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP