मंगलबार , बैसाख २९, २०८३

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त छ । उग्र बन्दै गएको धार्मिक र जातीय द्वन्द्वका संकेतहरु मत्थर भइरहेका छन् ।

अहिले चर्को स्वरमा मानिसहरु सडकमा कराएको वा सामाजिक सञ्जालमा धरानकै विषयलाई लिएर भइरहेका चर्चा र बहस पनि सेलाउँदै गएको छ । ‘धरान शान्त छ । त्यहाँ परस्पर विवाद ल्याउने खालका कुनै गतिविधि भएको छैन,’ सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने, ‘आत्तिनुपर्ने कुनै अवस्था छैन ।’

उनले भनेजस्तै जातजाति र धर्मको विषयमा भइरहेका विवाद पनि शान्त भइरहेको छ । ‘अहिले त्यस्तो केही छैन, सहज अवस्था छ । धरानमा त्यस्तो हुनुपर्ने कारण पनि केही छैन,’ धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले भने ।

दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले पनि अहिले अवस्था सामान्य रहेको बताए । ‘अब त्यही विवाद बल्झिने अवस्था देखिँदैन,’ उनले भने, ‘धरानमा केही घुसपैठ भएको थियो । तिनीहरु साइड लागिसके । अहिले शान्छ छ ।’

गत शनिबार कोशी प्रदेशमा मात्रै होइन, धरानले देशभरको ध्यान खिचेको थियो । गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि हिन्दूवादीहरु आक्रोशित बनेका थिए ।

विभिन्न हिन्दूवादी धर्मगुरुहरुले शनिबार धरान जाऔं भन्ने नारा लगाउँदै देशव्यापी आह्वान गरेका थिए भने केही आदिवासी जनजातिहरुले हिन्दूहरुले प्रदर्शन गरे प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि धरानको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । यद्यपि स्थानीय  प्रशासनले शनिबार दिनभर निषेधाज्ञा जारी गरेर अवस्थालाई सामान्य बनाएको थियो ।

प्रहरी प्रशासनले मोरङ, झापा, पहाडी जिल्ला धनकुटा लगायतका नाकाबाट प्रदर्शनमा आउन रोक लगाएको थियो । प्रशासनको आग्रहलाई मान्दै हिन्दूवादीहरुले पनि जबर्जस्ती गरेको देखिएन ।

प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिए पनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP