शनिबार , बैसाख २७, २०८२

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर – १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।

मोरङको विराटचोक घर भएका दर्शन ढकालले २४ जनाभन्दा बढीकाे रकम लिएर फरार भएका छन् । ढकालले दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाख २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडितले बताएका छन् ।

आइतबार सबै पीडितहरुको अभिलेखीकरण गरेर इलाका प्रहरी कार्यालयमा ठगीविरुद्ध उजुरी दिइने पीडितहरूले बताएका छन् ।

यता यसबारे प्रतिक्रिया लिन खोज्दा ढकालले बोक्ने गरेका ५ वटाभन्दा बढी मोबाइल नम्बरमा फोन लागेन । ढकालले ३ वर्ष अघिदेखि राज न्यौपानेको घरको सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएका पीडितहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP