मंगलबार , भाद्र १६, २०८३

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर – १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।

मोरङको विराटचोक घर भएका दर्शन ढकालले २४ जनाभन्दा बढीकाे रकम लिएर फरार भएका छन् । ढकालले दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाख २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडितले बताएका छन् ।

आइतबार सबै पीडितहरुको अभिलेखीकरण गरेर इलाका प्रहरी कार्यालयमा ठगीविरुद्ध उजुरी दिइने पीडितहरूले बताएका छन् ।

यता यसबारे प्रतिक्रिया लिन खोज्दा ढकालले बोक्ने गरेका ५ वटाभन्दा बढी मोबाइल नम्बरमा फोन लागेन । ढकालले ३ वर्ष अघिदेखि राज न्यौपानेको घरको सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएका पीडितहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP