मंगलबार , भाद्र १६, २०८३

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।

इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिएका थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूलाई कार्यकक्षमा विद्यार्थीले थुनेका हुन् । क्याम्पसले इन्टर्नसिप रिपोर्टको शुल्क यस अगाडि १ हजार रुपैयाँ लिँदै आएको थियो ।

उक्त शुल्क क्याम्पस प्रशासनले एकैचोटी तीन हजार रुपैयाँ पुर्‍याएपछि आन्दोलनरत विद्यार्थीहरु आन्दोलित भएको स्ववियु सभापति जोसवन पौडेलले जानकारी दिए ।

‘विद्यार्थीहरूलाई जानकारीविना क्याम्पस प्रशासनले आफूखुशी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णय सच्याउन भनेका थियौं’, उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुखसहित शिक्षकहरूलाई कार्यकक्षमा थुनेका छौं ।’

विद्यार्थीहरूले इन्टर्नसिप रिपोर्टको साबिकको शुल्क कायम गरिनुपर्ने भन्दै २४ घण्टाको समय दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP