आइतबार , बैसाख २८, २०८२

भक्तपुरमा पानीमाथि साइकल चलाउन मिल्ने भएको छ।

भक्तपुर नगरपालिका-१ को नःपुखु (गुह्या पोखरी) मा अचेल साइकल कुदाउन सकिन्छ। टिएन एड्भेन्चर्स प्रालिले यही भदौ ९ गतेदेखि यहाँ ‘वाटर बाइक’ सञ्चालनमा ल्याएको हो।

पानी माथि-माथि चलाउन मिल्ने यो साइकलमा एक पटकमा दुई जना सँगै बस्न मिल्छ। डुंगा र साइकल मिलाएर बनाइएको यो वाटर बाइक पानीमै तैरिन्छ।

साइकल चलाउन नआउने, पौडिन नआउनेले पनि साइकल चलाउन सक्छन्।

कम्पनीका अनुसार यो नेपालमै पहिलोपटक भित्रिएको पानीमा चल्ने वाटर बाइक हो।

साइकल चलाउन एक जनाले दुई सय रुपैयाँ तिर्नुपर्छ। दुई सय तिरे १५ मिनेट साइकल चलाउन मिल्छ। निर्धारित अवधिमा पोखरी दुई पटक परिक्रमा गर्न भ्याइने कम्पनीका प्रबन्ध निर्देशक सुजन तिमल्सिनाले बताए।

‘१५ मिनेटमा सामान्य गतिमा चलायो भने पनि पोखरीमा दुई फन्का लगाउन सकिन्छ,’ तिमल्सिनाले भने, ‘पैसा थपेर समय बढाउन पनि मिल्छ।’

कम्पनीले भक्तपुर नगरपालिकाबाट अहिले पाँच वटा वाटर बाइक चलाउन स्वीकृति लिएको छ। सञ्चालनमा आएको थोरै समयमै धेरै चर्चा भएपछि वाटर बाइक थप्ने कम्पनीको योजना छ।

शनिबार बिहान ९ देखि बेलुकी ७ बजेसम्म र अरू दिन बिहान ११ देखि ७ बजेसम्म वाटर साइकल चलाउन पाइन्छ।

तिमिल्सिनाका अनुसार सामाजिक सञ्जालमा भाइरल भएपछि वाटर बोट साइक्लिङ गर्न अहिले देशभरिबाट मान्छे आउने क्रम बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP