मंगलबार , बैसाख २९, २०८३

धरान /  संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले धरान घण्टाघरको मूल गेटमा आज आइतबार बिहान तालाबन्दी गरेको छ । नगर प्रमुख हर्क साम्पाङले सूचना विज्ञापन नखुलाई एकल आदेशमा धरान घण्टाघरमा २६ वर्षदेखि काम गर्ने दुई जना मजदुरलाई कर्मचारीलाई बिना सूचना निष्कासित गरेकाल पुनर्बहाली गर्नुपर्ने माग गर्दै समितिले तालाबन्दी गरेको जनाएको छ ।

निष्कासित मजदुर द्वय नर बहादुर लिम्बु राजा र प्रकाश लिम्बुले न्याय नपाएसम्म तालाबन्दी जारी रहने सङ्घर्ष समितिले चेतावनि दिएको छ । सङ्घर्ष समितिका तालाबन्दीका क्रममा आन्दोलनकारी र नगर प्रहरी बिच घचेटा घचेट समेत भएको थियो ।

आन्दोलित मजदुरहरूको पूर्वनिर्धारित शनिवार घण्टाघरमा ताला लगाउने कार्यक्रम धरानमा कर्फ्यु आदेश जारी भएकोले रोकिएको थियो । एकदिन रोकिएको तालाबन्दी आज आइतबार गरिएको सङ्घर्ष समितिका संयोजक समशेर वर्देवाले बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १७ वर्ष देखि कार्यरत कर्मचारीहरू नर बहादुर लिम्बु राजा र प्रकाश लिम्बु दुवैलाई उमेरहद म्यादको निहुँमा खाली हात कामबाट निष्कासित गरेको हो । त्यसको विरोधमा उनीहरूको न्यायका लागि संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले शुक्रवार घण्टाघर परिसरमा पत्रकार सम्मेलन गर्दे चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।

सङ्घर्ष समितिले ‘घण्टाघरका कामदारलाई तुरुन्त पुनर्बहाली गर’, मजदुर मारा मेयर मुर्दावाद, स्थानीय सरकार प्रमुख भएर मजदुर मार्न पाइँदैन, श्रमको सम्मान गर्दे पुन स्थापित गर, श्रम शोषण मुर्दावाद ,श्रमिकको श्रमलाई सम्मान गर भन्दै नारा लगाएका थिए । सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत भोली सोमबार धरानमा रहेका सम्पूर्ण यातायातका सवारी साधनहरू १० बजे देखि ११ बजेसम्म १ घण्टा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

मेयर साम्पाङले आन्दोलनकारीको मागलाई सम्बोधन नगरे अझ सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने मजदुर नेता लीला बहादुर प्रधानले बताए । उनले भने ‘मेयर साम्पाङले मजदुरको रोजी रोटी बन्द गरी पेटमा लात हानेर आफन्तलाई नियुक्ति गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP