
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।
नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको हो । पहिलो चरणमा नक्सा हेरेर तीन वटा घर भत्काएको र अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सुचना आएकोले वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।