आइतबार , भाद्र १४, २०८३

विराटनगर ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा स्वागत गर्ने बताएका छन् । कोशी कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै उनले आउन चाहे सधैं स्वागत गर्ने बताएका हुन् ।

उनले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने पनि बताए । ‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ रु हामी उहाँलाई निषेध गर्दैनौं’, ओलीले भने, ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आउँछु त भन्नुपर्‍यो, सधैं वेलकम छ ।’

एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताएका छन् । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उनले बताए ।‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन,’ ओलीले भने ।’

संविधान नमिच्दापनि संविधान मिच्यो भनेर विरोध गर्नेहरु अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भने जस्तो गर्ने प्रवृत्ति देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP