मंगलबार , भाद्र १६, २०८३

म्याग्दी। अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका बिभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले  ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

 ‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ । सो सडक हुदैँ मुक्तिनाथ देखी माथिल्लो मुस्ताङसम्म यात्रा गरिने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP