आइतबार , बैसाख २८, २०८२

काठमाडौँ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ ।

भलै हाम्रो देश कृषि प्रधान हो तर अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्याँकले देखाएको छ । एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर अहिले त्यस्तो छैन । सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि खासै देखिँदैन ।

प्राविधिक शिक्षातर्फका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रतिशत २२.१८ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतका केही दशकमा मानविकी तथा सामाजिक संकायतर्फका विषयमा विद्यार्थीको रुझान बढी थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP