आइतबार , बैसाख २८, २०८२

कृष्णनगर ।  कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए ।

वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको उनले बताए। वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएकोे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP