मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन प्रमुख आरोपितसँग साढे १८ अर्ब रुपैयाँ भन्दा बढी बिगो माग दाबी गरेको छ ।

ब्युरोले गत मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ तथा बिचौलियाको भूमिका खेलेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग १८ अर्ब ५९ करोड रुपैयाँ बिगो माग्नुपर्ने राय दिएको हो । जसमध्ये ढकाल र सुवेदीसँग समान ६ अर्ब ८४ करोड २६ लाख र गुरुङसँग ४ अर्ब ९१ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

ढकाल र सुवेदीलाई २०४९ सालमा सरकारी जग्गा राणा परिवारको नाममा हस्तान्तरण गर्न बिचौलियाको भूमिका खेलेको आरोप छ । २०६२ सालमा सुनिती राणाको नाममा १२ आना जग्गा छुटदर्ताको निर्णयमा भूमिका खेलेको आरोपमा ५ करोड रुपैयाँ बिगो माग दाबी छ । २०६७ सालमा प्रधानमन्त्री निवास विस्तार तथा जग्गा सट्टाभर्नाको निर्णयबाट जग्गा लिएको आरोपमा १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ माग दाबी लिएको छ । पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेकोमा ३७ करोड ३६ लाख बिगोको प्रस्ताव छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङमाथि २०४९ र २०६७ सालमा जग्गा निजीकरण गरी आफ्नो नाममा बनाएको अभियोग छ । सीआईबीले गुरुङमाथि २०४९ सालको निर्णयबाट ४ अर्ब ७९ करोड रुपैयाँको जग्गा लिएको र २०६७ सालको निर्णयबाट १२ अर्ब ८१ करोड रुपैयाँ बराबरको जग्गा हत्याएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP