मंगलबार , बैसाख २९, २०८३

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति दुर्घटना हुँदा ६ जना भारतीय र एक जना नेपालीको ज्यान गएको हो ।
भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित छन् ।

दुर्घटनामा घाइते भएका अन्य १७ जना मध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारत राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदीको  हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै, धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ वर्षका घुरन मण्डल , महोत्तरी लोहारपट्टी नगरपालिका-५ बस्ने २६ वर्षीय जसबेन्दर पासवानको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

यस्तै, भारत राजस्थान बस्ने ५३ वर्षकी मायादेवी, सोही स्थानको ३५ वर्षका अनिलकुमार, ५० वर्षका तारावती चतुर्वेदी, निजकै नातिनि क्रितिका चतुर्वेदी, ४८ वर्षका श्यामलाल माली , वर्ष ४७ का हरवारी माली  ७० वर्षीया चौथी देवीको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ

यस्तै राजस्थानकै ७२ वर्षीय सुरेशचन्द्र चक्रवती , ६३ वर्षका धरमसिंह, ६० वर्षकी इन्दु धाकद , १६ वर्षकी गर्विदा चतुर्वेदी, सोही स्थानका ५४ वर्षीय रामकुमार चतुर्वेदीको पनि हेटौंडास्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपािलकाका ३८ वर्षीय बिहारी मुखीयाको हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ वर्षीय रामप्रसादलाई चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP