मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट  एक  सय  मेट्रिक  टन  प्याज  भित्रिँदै  आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो ।

त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ । समितिका   प्रवक्ता   विनय   श्रेष्ठले   बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक  मूल्य  सूचीबाट  हटाएको  जानकारी  दिए । “भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुुल वृद्धि पो गरेको हो,” उनले भने, “नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुुपर्ने कसले हो ?”

कालीमाटीका व्यापारीहरू  कालीमाटी  भित्रिँदै  आएको  प्याज  निर्यातकर्ताले  अन्य  बजारबाट  महँगोमा  बिक्री  गरेको बताउँदै आएका छन् । भारतको  सेन्ट्रल  बोर्ड  अफ  इनडाइरेक्ट  ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो ।

उक्त महसुुल  २१  डिसेम्बर  २०२३  सम्म  लागु  हुने  भनिएको छ । भारत  सरकारले  आफ्ना  नागरिकलाई  राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार  माध्यमले  जनाएका  छन्  ।  भारतमा  अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८  रुपियाँ)  खुद्रामा  कारोबार  भइरहेको  छ  ।  भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम  लागेकाले  पनि  उत्पादनमा  कटौती  भएको आकलन गरिएको छ ।

आइतबार  कालीमाटी  फलफूल  तथा  तरकारी  बजारमा  प्रतिकेजी  ६१  रुपियाँ  थोकमा  कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुुगेको छ । यसको भाउ खुुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो । यो समाचार गोरखापत्र दैनिकमा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP