
धरान: शिशु किनबेचका लागि मोलमोलाइको ( बार्गेनिङ ) गर्ने ६ जनालाई पक्राउ गरेको छ । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ । कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहाललाई पूर्वेली न्युजले यस विषयमा कुरा गर्दा दाहालले भने “ लिभिङ टुगेदरमा बसेका जोडिले जन्माएको नवजात शिशु हराएको समयमा मोरङ कटहरि -२ बाट उद्धार गरेको हौ, निः सन्तान आमाबुबालाई रकम मोलमोलाइ गरे बेचेको पाइएकाले दुई आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ।”
शिशु बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ । शिशु लिएर जाने आमा दिलमाया राजवंशीलाई र उनकै छोरा सूर्य नारायण राजवंशी र बुहारी बच्चा नभएकाले उनले खरिद गरेको हुनाले दिलमाया र सूर्य समेतलाई पक्राउ गरेको डिएसपीले जानकारी दिए।