मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । दुई जना नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।

सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा बच्चा फेला पारेको हो ।उद्धार गरिएका बच्चाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP