मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन काण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अस्वीकार गरेको हो । सत्तारुढ गठबन्धनको बैठकले एमालेले माग गरेअनुसार सुन काण्डको विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने निर्णय गरेको हो ।

गठबन्धनको बैठकले जारी छानबिन रोक्न र प्रकरणलाई विषयान्तर गर्न आयोग गठनको माग आएको निष्कर्ष निकालेको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले विषयान्तरका लागि आयोग गठनको विषय ल्याएको आफूहरूले निष्कर्ष निकालेको बताए ।‘ उच्चस्तरीय छानबिन आयोगको माग अहिलेको छानबिनलाई रोक्नु र विषयान्तर गर्नु हो भन्ने बैठकको निष्कर्ष रह्यो‚’ पाण्डेले सञ्चारकर्मीहरूसँग भने, उच्चस्तरीय छानबिन आयोग बन्दैन ।’

एमालेको माग पुरा नहुने बताउँदै उनले विगतको उदाहारण पनि अगाडि सारे ।
‘विगतमा लाउडा विमान भाडा प्रकरणमा ५७ दिनसम्म संसद् अवरुद्ध भएको थियो,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने‚ ‘त्यसको अवरोधको नेतृत्वकर्ता म पनि हुँ । केही दिनसम्म मजा नै भए पनि केही दिनपछि सरकारले वार्ता पनि गरेन‚ माग पनि छाड्न मिल्दैन । पछि चिसै पानीले नुहाउनुपरेको थियो ।’

यसअघि सत्ता गठबन्धनको ठूलो दल कांग्रेसको संसदीय दलको बैठकले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट भइरहेको अनुसन्धान जारी राख्ने निर्णय गरेको थियो । एमालेले भने सुन काण्डलाई छानबिन गर्नका लागि न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

त्यसैगरी बैठकमा सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषयमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए । ‘उहाँको संलग्नता फोन सम्पर्क मात्रै हो कि कति हो रु फोन सम्पर्क मात्रै संलग्नता हो कि अन्य पनि भनेर गृहमन्त्रीसँग कुरा राख्यौं,’ पाण्डेले भने‚ ‘उहाँले यो विषयमा छानबिनको प्रक्रियामा रहेको बताउनुभयो । यो छानबिन टुंगिएको छैन । छानबिन एउटा प्रक्रियामा पुगेपछि मात्रै केही बताउन सकिन्छ भनेर भन्नुभयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP