आइतबार , जेठ २६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी​​​​​​ (रास्वपा) ​को एकपछि अर्को काम विवादित हुन थालेको छ।

पहिरो हटाउन भन्दै रास्वपा कार्यकर्ताहरू चुनावी चिह्नसहित ज्याकेट लगाएर नारायणगढ-मुग्लिन सडक खण्डमा पुगेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै भनेको छ- रास्वपाका R.A.T टिम कालिखोलालगायत ठाउँहरूमा खिएका छन् भनी सुन्तला रङको ज्याकेटमा RAT लेखी वाकीटकी सञ्चारसहित युवाको फोटोसहित पोस्टमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।

रास्वपाले नारायणगढ-मुग्लिन क्षेत्रमा पहिरो गएको भन्दै पन्छाउन र प्रशासनलाई सघाउन आफ्ना कार्यकर्ता खटाएको थियो।

तर रास्वपाको उक्त कार्यप्रति चितवन प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘हिजो मुग्लिन-नारायणगढ खण्डको कालीखोला भन्ने स्थानमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइ सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सोअन्तर्गत संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधवार जारी गरेको सूचना भनिएको छ।

हिजो मुग्लिङ-नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेदोसहित पहिरो आउँदा बाटो अवरुद्ध भएको थियो। उक्त स्थानमा सुरक्षा निकाय र सडकसहित राज्यका अंगबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गरिएको र तर कुनै अमुक दल तथा सोअन्तर्गत संगठनको सहयोग नलिइएको चितवन प्रशासनले जनाएको छ।

रास्वपाले गरेको कार्यालयलाई स्वीकृति नदिइएको पनि प्रशासनले जनाएको छ।

साथै रास्वपाको फेसबुक पोस्टमा सञ्चारको साधन वाकीटकीसमेत देखिएकाले उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो/होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको पनि जनाइएको छ।

यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको पनि प्रशासनले जनाएको छ।

तर ठूला विपदका घटनाहरूमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रूपमा जिल्ला / स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सकिने प्रशासनले सूचनामार्फत जनाएको छ।

रास्वपाले यसअघि अनुमति नलिई बसको रङ प्रयोग गरेर सञ्चालनमा ल्याएका थियो।

आफू निर्वाचित चितवन निर्वाचन क्षेत्रमा लामिछानेले सांसदका रूपमा विजयी भएको १०० दिनको अवसर पारेर महिलाहरूका लागि निःशुल्क बस सञ्चालनमा ल्याएका थिए। तर त्यो विवादमा परेको थियो।
@ukeraa

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP