मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु भएको छ। सिड्नीको चेरीब्रुकमा भएको दुर्घटनामा २३ वर्षीय नेपाली विद्यार्थी सुजन घिमिरेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुजनलाई हर्नस्बी अस्पताल लगिएको थियो। अस्पताल लगेका उनलाई डाक्टरले मृत घोषणा गरेको थियो। नेपाल घर सिन्धुली भएका घिमिरे गत अगष्टमा मात्र सिड्नी आएका थिए।

परिवारको अग्रह अनुरुप सुजनको शव नेपाल पठाउन आर्थिक संकलन गरिँदै छ। गैर आवसीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजनमा सुजनको शव नेपाल पठाउनका लागि गो फण्ड मी संन्चालन गरिएको छ। १५ हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य लिएको गो फण्ड मी मा अहिलेसम्म २ हजार बढी संकलन भइसकेको छ।

सुन्दर भविष्यको सपना बोकेका अष्ट्रेलिया आएका सुजनको निधनप्रति आफु निकै नै मर्माहित भएको एनआरएनए एनएसडब्लुका नवनिर्वाचित संयोजक बिनोद कुँवरले बताए। संयोजक कुँवरले स्वर्गीय सुजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई घिमिरे परिवारमा पर्न गएको यस दुःखदको घडीमा सहयोग गरिदिन आग्रह गरेको छ। सहयोग गर्न चाहानेहरुले यो लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP