सोमबार , भाद्र १५, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टीजस्तो हुन नसकेको बताएका छन् ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता रहेको बताए ।
यो बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे। ‘कम्युनिस्ट पार्टी पुनर्निमाण थाल्नुछ,’ प्रज्ञा भवनमा जारी बैठकमा प्रचण्डले भने, ‘जिम्मेवार र अनुशासित ढंगले आफ्ना विचार राखौँ।’

मा‌ओवादी अझै पनि पार्टी जस्तो हुन नसकेकाले व्यापक सुदृढीकरण जरुरी रहेको पनि बताए । उनले यस केन्द्रीय समिति बैठकले पार्टीलाई व्यवस्थित गरेर बलियो बनाउने दिशामा केन्द्रित गर्न सक्ने पनि बताएका छन्।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको बताएका छन्।सरकारका कारण पलाएको आशा र भरोसालाई आफूहरुले जनसंगठनमा बदलेर पार्टीलाई बलियो बनाउँदै लैजाने पनि बताए।बैठकमा देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादी भित्रकै बेथिति सुधारेर एक्सन ओरियन्टेड भएर जाने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP