बुधबार , जेठ १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले छानबिनका लागि आफू तयार रहेको र दोषी ठहरे कारवाही भोग्ने बताए । आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे । उनले अब कस्ता मान्छेसँग संगत गर्ने र नगर्ने भन्ने शिक्षा मिलेको बताए ।

सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए । उनले पदाधिकारी बैठकमा पनि आफुले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिए । पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए ।

फरक प्रसंगमा पुनले माओवादी नेताहरु एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे । सुनतस्करीमा जोडिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको फोटो सार्वजनिक भएपछि नेता पुनले स्पष्टिकरण दिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP