बिहिबार , बैसाख ११, २०८२

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । विशेष गरी संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।भेटवार्तामा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै नराखेकोमा असन्तुष्टि व्यक्त गरेका बताइएको छ ।
भेटवार्ता संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP