मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले कांग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो ।

उहाँले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए ।

महामन्त्री शर्माले भने, ‘लाइभ हुनु ठुलो कुरा होइन । अब सबै दलको बैठक लाइभ होला । कांग्रेसले सुरु गर्‍यो । अरूतिर पनि दबाब पर्ला । तर प्रश्न के हो भने कांग्रेसको लाइभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला ? मैले त एमाले पार्टीका हाम्रो उमेरका साथीहरूलाई भने–ए कमरेड, पाको नेताहरू पनि छँदै हुनुहुन्छ । युवाहरू हामी पनि छौँ भनेर यसो संसदीय दलमा खडा भएको भएको हुन्थ्यो नि । हामी त सभापति देउवालाई जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा । तर पनि युवाहरू छौँ है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर हामी त प्रतिस्पर्धा गर्‍यौँ त । शेरबहादुर देउवा र गगन थापा सँगसँगै मुस्कुराउँदै उम्मेदवारी दर्ता गराउनु भयो त । हाम्रो त यस्तो छ त लोकतान्त्रिक गतिविधि मुस्कुराउँदै । तपाईँहरूले चाहिँ किन नगर्नु भएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने । हाम्रो त यस्तो अवस्था छ । त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरूले नराम्रो मान्न हुँदैन ।’

महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP