शुक्रबार , जेठ २४, २०८२

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल बिजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ५ हजार २६६मतसहित पोख्रेल आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा डिला खरेल, देव गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए। उनका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३८० मत पाएका छन्। यस्तै अध्यक्षका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत पाएका छन्। तटस्थमा ६४० मत परेको छ।

अध्यक्षमा निर्वाचित भएपश्चात आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै पोख्रेलले उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गरेका छन्। पोख्रेलले दुई वर्ष एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्।

सन् २०२३–२५ को कार्यसमितिको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।

आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

त्यस्तै, राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP