मंगलबार , अषोज २७, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको  जुलाई महिनामा हुने निर्वाचनमा अर्को दुई वर्षका लागि नेतृत्व लिने होडबाजी सुरु भएको छ । मतदानको लागि जुलाई २९ तारिख तोकिएपछि डार्विन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा एनआरएनकर्मीहरु बीच चुनावी गर्मी बढेको छ ।

८५३ जना सदस्य रहेको गैरआवासीय नेपाली संघ – NT मा आहिलेको चुनावको लागि सर्ब-सम्मत टिम तयार भएको छ। नर्दन टेरोट्री राज्य संयोजक देखि कार्य समिति सदस्य सम्म सबै पदमा सर्व सम्मत  उमेदवारी परेको छ। उमेदवारको ब्यक्तिगत राजनीतिक आस्था जहाँ रहे पनि यस पटक सबै टिम मिलेर NRNA राजनीतक नभई सामाजिक सस्था हो भन्ने मिठो उदाहरण अस्ट्रेलियाको नर्दन टेरोट्रीबाट दिन लागिएको बताउनु हुन्छ हाल NRNA-NT उपाध्यक्ष र अब  NRNA-NCC  उपाध्यक्ष र NRNA-NT का राज्य संयोजकको लागि उमेदवारी दिनु भएका  संजिव ढकाल (गोर्खाली)।

लामो समय देखि नेपाली समुदायको लागि केहि गरौ भन्ने हुटहुटि हुदा हुदै पनि र सस्थामा आबद्ध हुन चाहे पनि, कोहि काम गर्ने इच्छा शक्ति लिएर आउछ भने उनीहरुको लागि बाटो खुला गर्ने उदेश्यले अघिल्लो पटक को NRNA को चुनावमा आफु पछि हटेको र बिशेष गरि समुदायलाइ एक ढिक्का बनाउनको लागि पनि यो सामाजिक सस्था चलाउने टिम सर्वसम्मत हुन पर्नेमा जोड दिनु हुन्छ २०२३ ,NRNA-NT सचिव पदका उमेदवार त्रिलोचन सापकोटा।  पक्ष – बिपक्ष भएर चुनावमा होमिन भन्दा एक पक्ष पछाडी हटेर भय पनि समुदायलाई एक बनायर लैजानु बुद्धिमानी हुने तर्क वहाको छ। 

थोरै सदस्य भएको नर्दन टेरोट्री राज्यले निकै उदाहरणीय काम गरेको देख्न सकिन्छ। सम्पूर्ण उमेदवारको नाम निम्न रहेको छ।

उमेद्वारी दिने सम्पूर्ण लाइ शुभकामना संगै अब हरेक राज्यले NT बाट सामुदायिक एकबद्द्ताको पाठ सिक्न जरुरी  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP