मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको नर्दन टेरोट्रीको डार्विन शहरमा लामो समय देखि बस्दै आएका, आफ्नो अध्यन सकेर आफुले सिकेको सीप र ज्ञान लाइ यही ठाउँमा लगानी गर्ने उदेश्यले चार जना नेपाली युवा Skill-A-Roo (Your Career Partner) नामको सस्थालाइ डार्विनमा स्थापना गरेका छन्। हरि शर्मा (आकाश), समर्पण भट्टराई, आशिष जमर कट्टेल र युवराज पन्त मिलि यो सस्थाको स्थापना गरेका हुन् भने जसको उद्घाटन जुलाईको १४ तारिख २०२३ मा डार्विनको एक होटेलमा गरिएको थियो। उद्घाटन कार्यक्रममा सम्पूर्ण संचालकहरुले उपस्थित अथितिले गरेका प्रश्नको उत्तर दिएका थिय।

हामीले पढेको कुरामा र हामीलाई काममा चाहिने कुरामा धेरै ठुलो अन्तर हुने हुदा यही अन्तरलाइ भर्ने उदेश्यले यो सस्थाको स्थापना गरिएको जानकारी संचालक आशिष जमर कट्टेल दिनु भयो।  आहिले अस्ट्रेलियाको सरकारले Skill लाइ बढी प्राथमिकता दिएको अवस्थामा वा पढेको बिषयमा नै काम गर्न सके PR  pathway को लागि पनि निकै सहयोगी हुने हुदा पनि Skill-A-ROO जस्तो सस्था ले धेरै International Students लाइ सहयोग गर्ने, अर्का संचालक युवराज पन्तले बताउनु भयो।

विदेशमा सिप सिके काम पाउन सजिलो हुने र यदी गरि रहेको काममा क्रमिक प्रगति गर्नको लागि पनि केहि सिप र ज्ञान हुन जरुरि हुने हुदा, यस सस्थाबाट आफ्नो करियर बनाउन पनि निकै सहज हुने बताउनु हुन्छ संचालक हरि शर्मा (आकाश) ।

यस सस्थाले दिने सेवाहरुमा ।

  • Soft -Skill & personal Branding
  • Full Accounting Package (Bookkeeping,AP &AR, payroll)
  • Software training and certification, Certified Xero Advisor & MYob Training
  • Pathway to system engineer
  • Pathway to EUC engineer

बिशेष गरि Account र IT को अध्यन र अध्यापन गराउदै आएका यी युवा आफै मिलि यो सस्थाको स्थापना गरेका हुन्।  Skill-A -Roo को बारेमा धेरै बुज्न www.skillaroo.com.au   को वेबसाइट मा गएर हेर्न सक्नु हुनेछ।

पुराखबर परिवार सम्पूर्ण संचालकलाइ सफलताको  शुभकामना ब्यक्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP