सोमबार , भाद्र १५, २०८३

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ’ ओलीले भने ।

प्रधानमन्त्रीले स्पष्टीकरण दिन्छु भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिन्छ ।’

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत भ्रमण गरेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको अपमान भएको भन्दै एमालेले उनको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP