बिहिबार , बैसाख ११, २०८२

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ’ ओलीले भने ।

प्रधानमन्त्रीले स्पष्टीकरण दिन्छु भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिन्छ ।’

भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत भ्रमण गरेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको अपमान भएको भन्दै एमालेले उनको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP