बिहिबार , जेठ २, २०८२

द आर्ट अफ लिभिङ्ग नेपाल बुटवल केन्द्रको समुदघाटन तथा गुरुपुजा र सत्सङ कार्यक्रम एक भब्य समारोहका बिच सम्पन्न भएको छ।

भवन निर्माण समितिका अध्यक्ष श्री उज्वल प्रसाद कसजुको अध्यक्षतामा र द आर्ट अफ लिभिङ नेपाल, एपेक्स का महासचिव श्री सन्दीप शाहको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका – वार्ड नम्बर ३ का अध्यक्ष , कल्याण प्रसाद पौडेल , संस्थाका जिल्ला समन्वय समितिका संयोजक, दिपेन्द्र प्रधान तथा सदस्यहरु , संस्थाका प्रशिक्षक तथा स्वयंसेवकहरु, स्थानीय क्लबका अध्यक्षहरु र स्थानीय समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले केन्द्रको स्थापनाले तनावमुक्त र हिंसा मुक्त समाजको निर्माणमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि पौडेलले समाजमा शान्ति स्थापना गर्न आफु सदैब द आर्ट अफ लिभिङको साथमा रहेको बताउनु भयो।

औपचारिक कार्यक्रमको संचालन भवन निर्माण समितिका सचीव तथा द आर्ट अफ लिभिङका प्रशिक्षक मनोज सापकोटाले गर्नु भएको थियो। संस्थाका गुरु पुजा पन्डित हरुको गुरु पुजा तथा सत्सङ गायक र स्वयंसेवकहरुको भजन तथा नृत्यले कार्यक्रमलाइ थप आकर्षक बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP