मंगलबार , बैसाख २९, २०८३

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग टाढिएका छन् । चुनावताका पार्टी एकता नै गर्नेगरि मित्रता देखाएका यी दुई पूर्व सहयात्रीहरु सरकार गठन भएपछि भने विस्तारै टाढिएका थिए ।

पछिल्लो समय समाजवादी मोर्चा गठनको लागि बाबुरामले प्रधानमन्त्री दाहालसँग निकै लामो छलफल तथा गृहकार्य गरेका थिए । तर, समाजवादी मोर्चा घोषणा हुँदा बाबुराम भने छुटे । कतिपयले प्रधानमन्त्री दाहालले बाबुरामलाई जानजान मोर्चामा सहभागी नगराएको चर्चा गरेका छन्। कतिपयले भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारण मोर्चामा नसमेटिएको पनि दाबी गरेका छन् ।

यादव र भट्टराईबीच पार्टी विभाजनको कारण राम्रो सम्बन्ध छैन् । समाजवादी मोर्चालाई लिएर बाबुरामले सार्वजनिक रुपमै सत्ता जोगाउने अस्त्र नबनोस भनेर टिप्पणी गरेका थिए । धेरैले बाबुराम कता लाग्छन् ? भनेर चर्चा गर्न थालेका छन् । पछिल्लो समय बाबुराम रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने हुन की भन्ने पनि अनुमान गर्न थालेका छन् । यस्तो अनुमान गर्नुमा बाबुरामले रास्वपाको प्रथम स्थापना दिवसको अवसरमा ०८४ मा वैकल्पिक शक्तिले नै बहुमत ल्याउने र एकल सरकार बनाउने टिप्पणी दिनु थियो ।

बाबुरामले प्रचण्डबाट आफूलाई फेरि पनि धोका भएको निश्कर्ष निकालेका छन् । उनले आफूनिकट नेताहरुसँग यस्तो गुनासो गर्न थालेका छन् । तर, प्रधानमन्त्री दाहाल भने बाबुराम पनि छिट्टै मोर्चामा समेटिनेमा विश्वस्त छन् । उनले बाबुरामसँग छिट्टै पार्टी एकता हुन लागेको दाबी गरेका छन् । मोर्चामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा सहभागी भएको छ । र, छिट्टै नेकपा र माओवादी केन्द्रबीच एकताको हल्ला छ ।

दुई दलबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताईएको छ। स्वयम प्रधानमन्त्री दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले पनि विप्लवसँग पार्टी एकताबारे गम्भीर छलफल भैरहेको सार्वजनिक रुपमै घोषणा गरेकी छिन् । प्रचण्डले नेतृत्व गरेको समाजवादी मोर्चामा विप्लव अटाएको र बाबुराम छुटेकोमा माओवादीभित्र पनि नयाँ ढंगले बहस सुरु भएको छ ।

बाबुराम भने प्रचण्डबाट भएको धोकालाई लिएर नयाँ ढंगले अघि बढ्न खोजेका छन् । स्रोतकाअनुसार बाबुरामले अब रास्वपा र एमालेमध्ये एकसँग सहकार्य गर्नेगरि छलफल अघि बढाएका छन् । उनी हिजो असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा सरिक हुन चितवन पुगेका थिए । बाबुराम चितवन पुगेकै बेला एमाले अध्यक्ष अ‍ोली र रास्वपा सभापति लामिछाने पनि चितवनमै थिए ।
@RN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP