सोमबार , भाद्र १५, २०८३

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन्।

उनले चुनावपछिको गठबन्धन स्वभाविक भएपनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राखे। थापाले स्थानीय लगाएत सवै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धीत भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए

उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सहि निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे। उनले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP