मंगलबार , बैसाख २९, २०८३

बुटवलमा रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ। बेलाबखत रगतको अभाव भइदिंदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपटक ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’ ल्याइएको छ। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ।

रोटरी क्लब अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ। यो एम्बुलेन्स खरिदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ।

रोटरी क्लव अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए। उनका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन्।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए। उनले अव यसको सञ्चालनमा लागि कार्यविधि निर्माण गरिने र सोही अनुसार कार्यान्वयनमा लगिने बताए।

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ। रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ।

रगत संकलन एम्बुलेन्स ल्याइएपछि प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP