मंगलबार , अषोज २७, २०८३

Darwin
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताका लागि अहिलेसम्मकै बढी आवेदन परेको छ। जुन २७ तारिखसम्म समय सीमा तोकिएको (एनआरएनए) अष्ट्रेलियाको सदस्यता बन्नका लागि १९ हजार १ सय २ जनाले आवेदन दिएका हुन्।

एनआरएनए अष्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी सदस्यताका लागि आवेदन परेको अध्यक्ष गुरुङले बताएका छन्। अध्यक्ष गुरुङले यो उत्साह पूर्वक परेको आवेदनको संख्याले एनआरएनको सबैभन्दा धेरै सदस्य भएको राष्ट्र अष्ट्रेलिया भएको दाबी गरेका छन्।

यसअघि एनआरएनए अष्ट्रेलियाको सदस्य संख्या १६ हजार रहेको थियो।

न्यू साउथ वेल्समा ५,४६०, भिक्टोरियामा २,४५५, क्विन्सल्याण्डमा १,७१३, वेस्टर्न अष्ट्रेलियामा १,६१८, तास्मानियावाट १,३४०, साउथ अष्ट्रेलियामा १,५४७, नर्दन टेरोटरीमा ८,७३ र अष्ट्रेलियन क्यापिटल टेरोटरीमा १,५७३ जनाले सदस्यताका लागि आवेदन दर्ता गराएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

एनआरएनए अष्ट्रेलियाको सदस्यताका लागि सबैभन्दा धेरै आवदेन (५४६०) न्यू साउथ वेल्स राज्यमा परेको छ भने सबैभन्दा कम (८७३) आवेदन नर्दन टेरोटरीमा परेको छ।

आवेदन परेका ८ हजार आवेदनको सदस्यता स्वीकृत भएको छ भने २५२३ आवेदन विविध प्राविधिक कारणले ड्राफ्टमा राखिएको एनआरएनए अष्ट्रेलियाले जानकारी दिएको छ।

आगामी जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एनआरएनए अष्ट्रेलियाले नयाँ सदस्यताका लागि आवदेन र नविकरणका गर्नका लागि जुन २७ गते राति १२ बजेसम्मको समय सिमा तोकेको थियो।

@KBCkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP