शनिबार , जेठ २५, २०८२

Darwin
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताका लागि अहिलेसम्मकै बढी आवेदन परेको छ। जुन २७ तारिखसम्म समय सीमा तोकिएको (एनआरएनए) अष्ट्रेलियाको सदस्यता बन्नका लागि १९ हजार १ सय २ जनाले आवेदन दिएका हुन्।

एनआरएनए अष्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी सदस्यताका लागि आवेदन परेको अध्यक्ष गुरुङले बताएका छन्। अध्यक्ष गुरुङले यो उत्साह पूर्वक परेको आवेदनको संख्याले एनआरएनको सबैभन्दा धेरै सदस्य भएको राष्ट्र अष्ट्रेलिया भएको दाबी गरेका छन्।

यसअघि एनआरएनए अष्ट्रेलियाको सदस्य संख्या १६ हजार रहेको थियो।

न्यू साउथ वेल्समा ५,४६०, भिक्टोरियामा २,४५५, क्विन्सल्याण्डमा १,७१३, वेस्टर्न अष्ट्रेलियामा १,६१८, तास्मानियावाट १,३४०, साउथ अष्ट्रेलियामा १,५४७, नर्दन टेरोटरीमा ८,७३ र अष्ट्रेलियन क्यापिटल टेरोटरीमा १,५७३ जनाले सदस्यताका लागि आवेदन दर्ता गराएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

एनआरएनए अष्ट्रेलियाको सदस्यताका लागि सबैभन्दा धेरै आवदेन (५४६०) न्यू साउथ वेल्स राज्यमा परेको छ भने सबैभन्दा कम (८७३) आवेदन नर्दन टेरोटरीमा परेको छ।

आवेदन परेका ८ हजार आवेदनको सदस्यता स्वीकृत भएको छ भने २५२३ आवेदन विविध प्राविधिक कारणले ड्राफ्टमा राखिएको एनआरएनए अष्ट्रेलियाले जानकारी दिएको छ।

आगामी जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एनआरएनए अष्ट्रेलियाले नयाँ सदस्यताका लागि आवदेन र नविकरणका गर्नका लागि जुन २७ गते राति १२ बजेसम्मको समय सिमा तोकेको थियो।

@KBCkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP