मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेको हो ।

समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलको गृहकार्यअनुसार सोमबार दिउँसो ३ बजे समाजवादी मोर्चा घोषणा हुन लागेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा सोमबार ३ बजे राष्ट्रिय सभागृहमा हुने जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले पनि सोमबार समाजवादी मोर्चाको घोषणाको तयारी भएको बताए ।आलोपालो नेतृत्वको सहमति भएको खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP