शनिबार , जेठ ३२, २०८२

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई महिनामा हुने निर्वाचनमा अर्को दुई वर्षका लागि नेतृत्व लिने होडबाजी सुरु भएको छ । जुन महिनाको २६ तारिख सम्ममा सदस्यता आवेदन दिन सकिने मिति घोषणा गरी मतदानको लागि जुलाई २९ तारिख तोकिएपछि डार्विन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा एनआरएनकर्मीहरु बीच चुनावी गर्मी बढेको छ ।

अस्ट्रेलियाको नर्दन टेरोट्रीमा पनि चुनावी माहोल सुरु भइसकेको छ। जुन १६ तारिखको दिन NRNA-NT ले नर्दन टेरोट्रीको राजधानी डार्विनमा एक कार्यक्रमको आयोजना गरि नेपाली समुदायबाट इच्छुक ब्यक्तिले NRNA-NT मा आफ्नो उमेदवारी दिने कार्य सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्राय सबै पदमा निर्बिरोध उमेदवारी परेको थियो।

२०२३-२०२५ NRNA -AUS उपाध्यक्ष संगै NRNA-NT कोडिनेटर पदको लागि बर्तमान NT उपाध्यक्ष सन्जिव गोर्खाली ढकाल निर्बिकल्प जस्तै देखिएका छन्।  आहिले सम्म समुदायको लागि गरेको कामले गर्दा, हरेक नेपालीको साथ र सहयोग पाएकाले उनको बिपक्षमा कोहि पनि खडा हुन नचाहेको उक्त कार्यक्रममा उपस्थित सबैले जानकारी दिए। यस पटक पुरै अस्ट्रेलियालाइ नेपाली समुदायको एक्बदता र एकता नर्दन टेरोट्री बाट सुरु हुने पनि जानकारी दिए।   

संगै NRNA-NT उपाध्यक्ष मा भवानी पौडेल, महिला कोडिनेटर मा प्रियंसा नेपाल, युथ कोडिनेटरमा निरज देवकोटा, डिपुटी युथ कोडिनेटरमा निशान जोशी, र SCC मेम्बरमा क्रमश: सुमन गैरे, रबिन भुसाल, सन्तोष खाती निर्बिरोध उमेदवारी परेको थियो। NCC मेम्बर को लागि राम धिताल ले इच्छा व्यक्त गरेका थिए। 

कार्यक्रम मा बोल्दै NANT अध्यक्ष आशिष कट्टेलले उमेदवारी दिने सम्पूर्णलाई शुभकामना दिनु भएको थियो।  श्रीराम कंडेलको बिदाइ पनि उक्त अवसर पारेर गरिएको थियो।  वहा चाडैनै इन्टर स्टेट जादै हुनुहुन्छ।  कार्यक्रमको संचालन बिष्णु चापागाईंले गर्नु भएको थियो।   

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP