मंगलबार , बैसाख २९, २०८३

धरानः कोकाहाको पानी धरानमा आए सँगै यतिखेर मेयर हर्क साम्पाङले श्रमदानमा लगाएका सेतो रङको जुत्ता निलो रङको ट्याक सुटले निकै चर्चा पाएको छ । उनको त्यो पहिरनलाई किन्न अहिले समर्थकहरूको तछाड मछाड लागेको छ । हेर्दा च्यात्तिएको झुत्रो देखिने जुत्ता ,मैलो , मैलो देखिने निलो रङ्गको ट्रयाकसुटकाे मूल्य समर्थकले नै एक लाख तोकेर लिलामीमा राखिदिएका छन् । सो पहिरनलाई लाख मूल्य हाल्नेहरू अहिले सामाजिक सञ्जालमा तछाड मछाड गरिरहेका छन् । विशेष गरी विदेशमा रहेका नेपाली तथा उनका समर्थकहरूले श्रमदानको बेला लगाएको पहिरन लिलामीमा राख्न सुझाव दिएका हुन । तर मेयर हर्क साम्पाङले भने बिक्री नगर्ने बताउँदै आएका छन् । मेयर हर्कले पनि बिक्री नगर्ने बताउँदै आफू प्रति देखाएको सदभावकाे सदैव उच्च सम्मान गर्ने बताए ।

“जबसम्म धरानमा कोकाहाको पानी आउँदैन तबसम्म म यो कपडा जुत्ता धुन्न जति पसिना आए पनि जति नै गन्हाए पनि वा जुम्रा नै परे पनि धुन्न” भनेर पटक पटक फेसबुकमा जुत्ता र कपडाको तस्बिर लगाउने गरेपछि अहिले सोही कपडालाई किन्न विदेशमा रहेका उनका नेपाली समर्थकहरूको लर्को लागेको हो ।

उनले हालेका पोस्टहरू हेर्दा त्यहाँ उनलाई पछि म यो किन्छु भन्दै लेखेका त छैनन् तर। पानी आएर उनले लिएको अठोट पुरा भएपछि यस्ता कुरा चर्चामा आएका हुन। हर्कले सोही धुलाम्मे मैलिएका पोसाक लगाएर श्रमदानमा जाने गर्थे ।

४० किलोमिटर टाढा काेकाहा को पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ
इटहरी । लामाे समयकाे अथक प्रयास र जनश्रमदानबाटै धरानका मेयर हर्क साम्पाङले ४० किलाेमिटर टाडा रहेकाे बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी सोमबार राति धरानमा झार्न सफल भएका छन । काेकाहाबाट पानी धरान झरेपछि मेयर साम्पाङ भावविहल बनेका थिए । जनश्रमदानबाट तानेकाे पाएपबाट मध्यरात पानी झरेकाे खबर पाए लगत्तै धरानका मेयर साम्पाङ र उपमेयर आइन्द्र बिक्रम बेघा सहित पानी झरेकाे स्थान पुगेका थिए ।

सोमबार मध्यरातकाे १२ बजे कोकाहाको पानी धरान उपमहानगरपालिका-२० स्थित पकुवा खोलामा झर्दा मेयर, उपमेयर आफैं त्यहाँ पुगेका थिए। मेयर साम्पाङकै योजनामा बनेको साबुन उद्योग निर्माणस्थलनजिकैको पकुवा खोलास्थित वास आउट प्वाइन्टमा पानी खसेको हो।

कोकाहाको पानी धरानमा झरेपछि हर्षविभोर भएर रोएका मेयर साम्पाङले त्यही पानीले नुहाए। आफूलाई श्रमदानमा सघाउनेहरुसँगै मध्यराति पुगेका उनी रातदिन श्रमको मैदानमा छन्। उनी कोकाहाको पानी धरानमा नझारी घर नफर्किने भन्दै आइतबारदेखि धरानको पटनालीमा सुतेका थिए। त्यसपछि सोमबार दिउँसो र रातिसम्म पाइपबाट हावा निकाल्ने काममा उनी सक्रिय थिए।

दिनरातको मिहिनेतपछि कोकाहाको पानी राति १२ बजे धरानमा खस्यो। मेयर त्यसको आधा घण्टापछि पकुवामा पुगेका थिए।कोकाहाको पानी खसेको देखेपछि उनी भावुक भएर रोए। त्यहाँ उनले आफूलाई विश्वास गरेर रातदिन साथ दिनेहरुलाई धन्यवाद पनि दिए।

@purbelikhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP