शनिबार , जेठ ४, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमले पूर्ण क्षमतामा विमान सञ्चालनमा ल्याउन पर्ने बताएका छन् । आज (मंगलबार) भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको मलेसिया–भैरहवा उडान शुभाराम्भ गर्दै निगमले विमानलाई घाम तपाएर राख्ने छुट नभएको बताएका हुन् ।

‘विमानलाई घाम तपाएर राख्ने छुट निगमलाई छैन । प्रचार प्रसार र बजारीकरणलाई बढाएर जहाजलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पर्यो,’– उनले भने ।

साथै, निगममा नयाँ जाहज किन्न नदिने षड्यन्त्र भइरहेको समेत उनले बताए । निगमले तत्काल तीनवटा जहाज किन्ने प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । निगमसँग पर्याप्त जहाज नभएकै कारण निजी कम्पनीका विमानहरुको भाडा अत्याधिक महँगो भएको उनले बताउँदै आएका छन् । निगमले जहाज थपेर दुर्गमसम्म सहुलियतमा सेवा दिनुपर्नेमा मन्त्री किराँतीले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP