मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको डार्विनमा भव्यताका साथ नेपाल फेस्टिभल मनाइएको छ । गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीको आयोजनमा डार्विनको मुख्य पर्यटकीय स्थल वाटरफ्रन्ट पार्कमा नेपाल कला संस्कृति झल्किने र्‍यालीबाट सुरु भएको फेस्टिभलमा सांस्कृतिक परेड पनि गरिएको थियो ।

महोत्सवमा १५ हजारभन्दा बढी मानिसहरू सहभागी भएको आयोजकले जनाएको छ । महोत्सवस्थल पुग्दा नेपाल पुगेझैँ लागेको आगन्तुकहरूले प्रतिक्रिया दिएका थिए । नेपाली कला तथा संस्कृतिले भरिभराउ रहेको वाटरफ्रन्टमा मेचीदेखि महाकालीको नेपाली संस्कृति झल्किएको थियो ।

त्यति मात्र होइन वीर गोर्खालीको गाथा समेटिएको गोर्खा हाउसदेखि बुद्धको प्रतिमा, धरहरा, स्वयम्भू र सगरमाथा डार्विनको वाटर फ्रन्टपार्कमा देखिन्थे । यस्ता दृश्यले नेपालीलाई मात्र नभएर डार्विनका स्थानीयवासीलाई पनि लोभ्याइरहेको थियो ।

उनीहरूले नेपालको संस्कृति बुझ्न गोर्खा हाउसको भ्रमण गरिरहेका थिए । अस्ट्रेलियनहरूलाई आकर्षण गर्ने उद्देश्यले सजावट गरिएको कार्यक्रमस्थलमा नेपालका ग्रामिण क्षेत्रका चुल्होदेखि नेपाली विवाहको बारेमा जानकारी दिन परम्परागत जग्गेसमेत बनाइएको थियो ।

महोत्सवमा नेपाली सांस्कृतिक तथा नेपाली परम्परागत भोजनका स्टलहरू पनि राखिएका थिए । एनआरएनए नदर्न टेरिटोरीका संयोजक विष्णु चापागाईँले महोत्सवमा करिब १५ हजारको सहभागिता रहेको जानकारी दिए ।

महोत्सवका लागि यहाँको सरकारले तीन वर्षका लागि ९३ हजार डलर प्रदान गर्दै आइरहेको छ । फेस्टिभलको तयारी तीन महिना अघिदेखि नै भएको कार्यक्रमका संयोजक सञ्जीव गोर्खालीले जानकारी दिए ।

फेस्टिभलमा यहाँका मुख्यमन्त्री, मेयर, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेलले आफूलाई महोत्सवस्थल मिनी नेपाल जस्तै लागेको बताए । उनले नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण र सुन्दर देश रहेको बताउँदै हरेक अस्ट्रेलियनहरूलाई जीवनमा एक पटक नेपालको भ्रमण गर्न आग्रह गरेका थिए ।

महोत्सवमा नदर्न टेरिटोरीकी मुख्यमन्त्री नताशा फाइल्सले नदर्न टेरिटोरीको आर्थिक विकासमा नेपालीहरूको ठूलो योगदान भएको भन्दै प्रशंसा गरेकी थिइन् । नदर्न टेरिटरी बहुसांस्कृतिक सामाज भएको भन्दै यहाँ एक-अर्काको कला तथा संस्कृतिको सम्मान हुने बताइन् ।

नेपाल महोत्सवलाई राज्य सरकारले दिने सहयोगलाई निरन्तरता दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । महोत्सवमा स्थानीय तीन वटा ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, चर्चित कलाकार प्रकाश सपुतले पनि दर्शकलाई मनोरञ्जन गराएका थिए ।

Video From Student of Darwin..>>>

Pic Source: Chatra Shankar, Dinesh Pariyar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP