शुक्रबार , जेठ ३१, २०८२

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सल्लाहकार भएर बस्न सुझाव दिएका छन्।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा अध्यक्ष नेपालले एमालेले ७० वर्षको उमेर हद हटाएकोमा कटाक्ष गर्दै ओलीलाई सल्लाहकार भएर बस्न सुझाए।

‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि!’ उनले भने, ‘७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु।’

यस्तै उनले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने प्रस्तावसमेत गरेका छन्।

उनले भने, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 74 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP