मंगलबार , भाद्र १६, २०८३

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। शनिबार साँझ मन्त्रीहरूसहित उनी पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन्।

भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। प्रधानमन्त्रीसहित मन्त्रीहरूले गेरुबस्त्र धारण गरेर महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

भ्रमण टोलीमा रहेका मन्त्रीहरूकै साथमा प्रधानमन्त्री प्रचण्ड शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीसँगै अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल र पर्यटनमन्त्री सुदन किराँतीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। लगत्तै प्रधानमन्त्रीले पशुपथिनाथ क्षेत्रको अवलोकन गरेका थिए।
गे

रुबस्त्र धारण गरेर महाकालेश्वरमा पूजा गरेपछि प्रधानमन्त्री प्रचण्डको चर्को विरोध भएको थियो। सांसदहरूले पशुपतिनाथको दर्शन कहिले गर्नुहुन्छ भन्दै संसदमा प्रश्नसमेत गरेका थिए। प्रधानमन्त्रीले आफू धर्मनिरपेक्षतावादी भएको बताउँदै आएका छन्।

त्यस्तै पशुपतिनाथको दर्शनपछि प्रधानमन्त्रीले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP