मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको विधेयक निष्कृय नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विचाराधीन रहेको भन्नु र प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई–दुई चोटी पारित भएको भन्नुमा फरक रहेको उनले बताए ।

‘नागरिकता विधेयक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा विचाराधीन थिएन । विधेयकका सन्दर्भमा हाम्रो विमति हुनसक्छन् । प्रकृयाका सन्दर्भमा अझै पनि प्रश्न उठाउन पाईन्छ । तपाईँले प्रश्न उठाउँदै गर्दा र प्रधानमन्त्रीले त्यहाँबाट जवाफ दिँदै गर्दा मात्रै एउटा सांसद उभिएर तपाईँलाई के भन्दै छ भने, प्रतिनिधि सभा वा राष्ट्रिय सभामा विचाराधीन रहेको भन्नु र प्रतिनिधि सभा र राष्ट्रिय सभाले दूई–दुई चोटी पारित गराएर पठाएको भन्नु फरक छ,’– उनले भने ।

कुनै पनि विधेकको सन्दर्भमा वा संसद्ले लिने निर्णयको सन्दर्भमा सांसदहरुले संविधान र नियमावलीको केन्द्रमा रहेर बोल्नुपर्ने उनले बताए । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले आवेगलाई तिलाञ्जली दिएर विषयमा वस्तुगतमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहेको उनको भनाई छ । प्रधानमन्त्रीले संसद्मा उभिएर बोल्दैगर्दा संयम भएर सुन्ने धैर्यता राख्नसमेत उनले सबै समक्ष आग्रह गरे ।

‘प्रतिपक्ष दलका सदस्यले बोल्दै गर्दा यताबाट आवाज उठाउनु भयो । डिस्टर्व भयो । यताबाट साथीहरुले सही गर्नुभयो म विल्कुल भन्दिन । तर, के नविर्सौं भने एक जना माननीय सदस्यले बोल्दैगर्दा यताबाट कसैले आवाज उठाएर बोल्दै गर्दा त्यो सही भएन म भन्न सक्छु । यो देशको प्रधानमन्त्रीले संसद्मा उभिएर बोल्दै गर्दा त्यताबाट चाहिँ सही भएको छ ?’– उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP