
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका-८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।
घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन्।