बुधबार , बैसाख ३, २०८२

मेलबर्नको सीबीडीस्थित डिग्रभ्स स्ट्रीट क्याफेका पूर्व अपरेटरले जरिवाना र फिर्ता–भुक्तानीसम्बन्धी अदालती आदेशमार्फत ४२ हजार तिर्नुपरेको छ । फेयरवर्क अम्बुडस्म्यानले दायर गरेको मुद्धामा आइशा एण्ड उमा इन्टरप्राइजेजले कामदारमाथी कानुन अनुसारको ज्याला, सेवा सुविधा नदिएको पुष्टि भएसँगै संघीय अदालले जरिवानाको यस्तो आदेश दिएको हो ।

अदाली आदेशमा पहिले आरएमबी क्याफेको रूपमा व्यापार गर्दैआएको आयशा एन्ड उमा इन्टरप्राइजेज प्रालिलाई १५ हजार १२५ जरिवाना र १३ कामदारकोफिर्ता भुक्तानी वापत २७ हजार ५१६ सँगै सेवानिवृत्ति र व्याज समेत भुक्तान गर्न भनिएको छ । मे २०१७ र अगस्ट २०१९ बीच विभिन्न अवधिका लागि आरएमबी क्याफेमा खाना र पेय पदार्थ परिचर र कुकको रूपमा कार्यरत कामदारमाथी कानुन अनुसारको भुक्तानी नगरिएको पुष्टि भएसँगै अदालतमा फेयरवर्क अम्बुडस्म्यानले मुद्धा अघि बढाएको थियो । कामदारहरूको न्यूनतम पारिश्रमिक, साप्ताहिक र सार्वजनिक बिदाको काममा कम भुक्तानी गर्ने आइशा र उमा इन्टरप्राइजेजले १३ जना पूर्व कर्मचारीहरूलाई ३६ हजार ४७९ भुक्तानी आवश्यक रहेको , न्यायाधीश क्याथरिन साइमन्सले फैशलामा उल्लेख गर्नुभएको छ । अझै ४ जना कामदारमाथी ४ हजार डलरको भुक्तानी बाँकी रहेको जनाइएको छ ।

फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले श्रमिकलाई कानुन अनुसारको तलब सेवा सुविधा नदिने व्यवसायी, निर्देशकसँगै अपरेटरलाई सचेत गराउँदै सच्चिन सचेत गराउनुभएको छ । कानुन मिच्ने र श्रम शोषण गर्नेमाथी अदातलमार्फत दण्डित गराईने चेतावनी समेत पार्करले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु